१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा एकैदिन २२ सय ७६ जना सवारी चालकमाथि कारबाही



१२ साउन ०७९, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २७६ जना सवारी चालकलाई कारबाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्याकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, लेन उल्लंघन गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९७ जना र तिब्र गतीमा सवारी साधन चलाउने ७५ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १७ जना चालकमाथि पनि कारबाही गरिएको कार्यालयले जनाएको छ । लेन, ट्राफिक लाइट उल्लंघन र मादक पदार्थ सेवनको कारबाहीमा परेका ३४३ जना चालक कार्यालयले सञ्चालन गरेको सचेतना कक्षामा बुधबार सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।