१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोटेश्वरमा घरको छतबाट खसेर तामाङको मृत्यु



२६ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन्।

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कोटेश्वरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।