१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको ठिमीमा ढोकाले किचेर पाहुना आएकी बालिकाको मृत्यु




३१ साउन ०७९, भक्तपुर । मध्यपुर थिमि १, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका ८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।
ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।