१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा डाँकाको समूह: बहाना बनाएर लुट्दै



३१ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा डकैती गर्ने एउटा समूह पक्राउ परेको छ। उपत्यकार अपराध अनुसन्धान कार्यालयले उक्त समूहका तीन जनालाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ का ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीका ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुरकै बकैया ५ घर घई हाल काठमाडौंको जोरपाटी बस्ने ३५ वर्षीय सुशिल भन्ने बाबलाल थिङ रहेका छन्।

उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रातिको समयमा अर्काको घरभित्र पस्ने र परिवारलाई नियन्त्रणमा लिएर डकैती गर्ने गरेको खुलेको छ।

साउन २४ गते राति साढे १२ बजेतिर कीर्तिपुरका नारायण बस्नेतको घरमा पनि उनीहरुले डकैती गरेको खुलेको छ। धारिलो हतियार देखाई सुन तथा हिराका गरगहना समेत डकैती गरेको प्रहरीको आरोप छ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ४२ हजार १०५ रुपैयाँ र डकैतीमा प्रयोग गरेको खुकुरी दुई थान, फलामको रड र मोटरसाइकल पनि बरामद गरेको छ।

उनीहरुले डकैती गर्दा परिवारका सदस्यको हात बाँध्ने, मुखमा टेप लगाइदिने गरेको खुलेको छ। कहिले प्रहरी बताएर खानतलासी गर्न आएको समेत भन्ने गरेको खुलेको छ। डाँका गर्ने घरमा दुई दिन अगाडि नै गएर रेकी गर्ने गरेको पाइएको छ। विभिन्न बहानामा घरभित्र पस्ने र पछि डकैती गर्ने गरेका छन्।

यसअघि उनीहरुले अन्य घरमा पनि चोरी गरेको खुलेको एसपी कोइरालाले बताए। गत असार ६ गते राति १ बजे शंखरापुर नगरपालिका ९ खुलालटारमा लालबहादुर थापाको घरमा पनि उनीहरुले नै चोरी गरेको खुलेको छ। हातहतियार देखाएर नगद तथा सुनचाँदीका गरगहना गरी २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरी भएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।