१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सवारी साधनमा छुटेको ३३ जनाको साढे १६ लाखको सामान फेला



१ भदौ ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार बराबरको सामान खोजतलास गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

गएको साउन महिनाभित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनि निवेदन दिएका थिए। निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो।

सोही क्रममा सिसी क्यामेराको समेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाइसकेको छ।

सामान छुटेका ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ।

सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ। सवारी साधनमा कुनै पनि सामान छुटेमा सवारी साधनको नम्बर वा रङ र छुटेका सामानको विवरण सहित निवेदन दिन सकिने काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।