५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरवारको पुर्ननिर्माणमा राष्ट्रपति भण्डारीको चासो




३ भदौं ०७९, पाटन । पाटन दरवार परिसरमा रहेका मन्दिर र दरवारहरुको पुर्ननिर्माणमा ढिलाई भइरहेको सन्दर्भमा राष्ट्रपति विद्यादेवि भण्डारीले चासो देखाएकी छिन् ।
शुक्रबार कृष्ण जन्माष्ठमीको अवसर पारेर पाटन दरवार परिसर पुगेकी राष्ट्रपति भण्डारीले देगुतलेजु मन्दिर पुर्ननिर्माणका लागि भत्काइरहेको अवस्थामा देखेपछि मेयर चिरीवावु महर्जनसँग चासो राखेकी थिइन् । मेयर महर्जनले आफूहरुले दायित्व दिएको मठ मन्दिरहरु समयमै पुर्ननिर्माण गरेको जवाफ दिएका थिए । उनले भने, ‘मैले महानगरले दायित्व दिएको भिसेन मन्दिर पुर्ननिमार्ण सकिएको बताए ।’ यद्यपी भिमसेन मन्दिर ललितपुर उद्योग वाणिज्य संघको अगुवाई विभिन्न बैंक वित्तिय संस्थासँगै सर्वसाधारणको चन्दा र ललितपुर महानगरले समेतको लगानी गरेर पुर्ननिर्माण गरिएको थियो ।
राष्ट्रपति भण्डारीले भिमसेन मन्दिर दर्शन गर्न चाँडै पाटन आउने इच्छा देखाएकी छिन् ।
राष्ट्रपति भण्डारी दरवार परिसरको ढुंगेधाराबाट पानी कलकल बगेको अवलोकन गरिन् । उनले बाहै्र महिना पानी झर्ने नझर्नेबारे जिज्ञाशा राखेपछि मेयर महर्जनले दिउँदका केही महिना ढुंगेधारा सुक्ने बताएका थिए ।
राष्ट्रपति भण्डारी दरवार परिसरमा दर्शनपछि निकैबेर बसेर सहभागीहरुसँग कुराकानी गरिन् । फोटो खिचाइन् ।
उनी पानीमा भिजेरै चासोका साथ कुराकानी गरिरहेको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे