४ भदौ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका ३१ केटेश्वर नजिकै संगमचोकको एक डेरामा चोरी भएको छ । प्रहरीका अनुसार यसै स्थानमा डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका ६ घर भएका लक्ष्मण बरालको कोठाबाट सुनचाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ५ लाख ३९ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।
४ भाद्र २०७९, शनिबार
0
Shares
प्रतिक्रिया