१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बन्द गर्दै हिड्ने मंगलबजारबाट एकजना पक्राउ, प्रहरी भन्छ, ‘बन्द छैन’



साँकेतिक तस्विर : इन्टरनेट

ललितपुर खबर
७ भदौं ०७९, ललितपुर । विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा ललितपुर मंगलबजार टंगालबाट एक जना पक्राउ परेका छन् ।
ललितपुर प्रहरी प्रवक्ता सुधिरराज शाहीका अनुसार बन्द गर्दै हिडेको अवस्थामा उनलाई पक्राउ गरि प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।
उनका अनुसार ललितपुरमा बन्दको प्रभाव छैन । यहाँ पसल व्यावसाय र सवारीसाधन नियमित चलिरहेका छन् । चापागाँउ, गोदावरी र लुभु क्षेत्रबाट पनि अप्रिय खबरहरु प्राप्त नभएको उनको भनाई छ ।

महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि द्वारिका घिमिरेका अनुसार यस क्षेत्रमा सबै खाले गाडी चलिरहेका छन् । भने पसलहरु पनि खुला छन् ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।