१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट बलत्कृत युवतीलाई आधा अंश भराउन तुल्सीब्याखा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१७ भदौ ०७९, भक्तपुर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका ११ क्वाछे बस्ने ४० बर्षीय दिपक तुल्सीब्याखोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको २०६३ माघ ८ गतेको फैसलाले ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरेको हो ।
उनले ६ वर्षीया बालिकालाई २०५४ मंसिर ८ गते जबरजस्ती करणी गरेको कसूरमा सर्वोच्च अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ५३ बजे