४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका पत्रकार प्रजापतिलाई ‘हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’



राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा स्थापना गरेको रु. १० हजार राशीको ‘स्व. हरिलाल श्रीलक्ष्मी श्रेष्ठ स्मृति पत्रकारिता सिरपा’ आज पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरेपछि तस्विर लिदै पत्रकार श्रेष्ठ । लेन्स : रमेश गिरि

१८ भदौं ०७९,भक्तपुर । राष्ट्रिय समाचार समिति ( रासस) का फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गरकोे ‘स्व हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’ पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको छ ।
मध्यपुरथिमिमा आज नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा नेपाल भाषाको पत्रकारितामा लामो समयसम्म योगदान पु¥याएबापत पत्रकार प्रजापतिलाई दोसल्ला ओढाएर सम्मानपत्र र रु १० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरको मुख्य विकाससँगै सामाजिक, ऐतिहासिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र समाज परिवर्तनका लागि योजना बनाएर लागेको बताए । उनले नगरपालिकाले बन्न नसकेका शिक्षा, स्वास्थ्य, सहकारीलगायतका ऐन निर्माण गरेको, अरनिको राजमार्गमा सडक बत्ती जडान गरेको, सडकमा अव्यवस्थित पार्किङ, बजार तथा टहरा हटाउन सूचना जारी गरेको, फोहर मैला व्यवस्थापनका लागि उपत्यकाका सबै नगरपालिकाको साझा अवधारणा बनाउन पहल गरेको बताए ।

कार्यक्रममा दबूका केन्द्रीय सचिव केके मानन्धरले देशभरका २९ वटा जिल्लामा शाखा सञ्चालन गरिसकेको दबूले मातृभाषा पत्रकारिताको विकास गर्दै भाषा, कला, संस्कृतिको संरक्षणका लागि भूमिका खेलेको बताए । उनले खस नेपाली भाषाको पत्रकारिता मात्रै प्रभावकारी नहुने भन्दै नेपाल भाषामा मात्रै नभई अन्य जातजातिको मातृभाषामा पनि पत्रकारिता सुरु गर्नुपर्ने औँल्याए ।
कार्यक्रममा शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ट पत्रकार ज्ञानराम श्रेष्ठले नेपाल भाषाको पत्रकारिताले भाषा, लिपि, कला र संस्कृति, पहिचानलाई जीवन्त राख्न सफल भएको बताए । नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाका कार्यवाहक अध्यक्ष सुन्दर शिल्पकार, सम्मानित पत्रकार प्रजापति, दबूका सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठलगायतले दबूको महत्व र आवश्यकतामाथि चर्चा गरेका थिए ।

तमखुको अध्यक्षतामा नयाँ नेतृत्व ः
अधिवेशनले दबूको भक्तपुर जिल्ला शाखामा पुनः रामगोपाल तमखुको अध्यक्षतामा नौ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । दबूको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, सदस्यहरूमा श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुंका, रेणु त्वानाबासु र वीरेन्द्र खाइजु चयन छन् । रासस

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।