४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


असन–इन्द्रचोकका मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम



१९ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी सञ्चालन भइरहेका पसल हटाउने अभियान थालेको छ ।

वडा कार्यालयले २४ घन्टे अल्टिमेटम दिँदै मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पसल हटाउन सूचित गरेको छ । इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिरवरिपरिको खास्तो व्यापार, भेडासिंहस्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल माटोको भाँडाकुँडाका पसललगायत अन्य व्यापार व्यवसाय हटाउन वडा कार्यालयले अल्टिमेटम दिइएको वडाध्यक्ष राजेश शाक्यले जानकारी दिए । उनले ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्ने गरी कुनै व्यवसाय गर्न नदिने अभियान सबैतिर लागू गरिने जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।