४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


क्यासीनो संचालकहरुलाई ७ दिन भित्र मनोरञ्जन कर बुझाउन महानगरको अल्टिमेटम



१९ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरन्जन कर तिर्न राजधानीका ७ वटा क्यासिनोलाई पत्राचार गरेको छ।

आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले डेल्टीन क्यासीनो, होटल म्यारियट, क्यासिनो प्यालेस,  अन्नपुर्ण होटल, क्यासिनो च्याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोङ्ग इन्टरटेनमेन्ट होटल,  सोल्टी, बाल्को क्यासिनो होटल, एलफ्ट, बेली क्यासिनो,मल्ल होटललाई कर तिर्न ताकेता गरेको हो।

महानगरले क्यासीनोहरुलाई पटक पटक कर तिर्न ताकेता गरेपनि २०७५/७६ देखि हालसम्म कर नबुझाएको हुँदा ७ दिनभित्र काठमाडौ महानगरपालिका राजस्व विभागमा कर बुझाउन अनुरोध गरेको हो। महानगरले तोकिएको समयसिमा भित्र कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारवाही गर्ने बताएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।