१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं ६ बाट प्रतिनिधिसभा प्रत्यक्षमा प्रधान र बानियाँ, समानुपातिकमा परियार र शर्मा सिफारिस



२० भदौं ०७९, काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेसको क्षेत्रीय कार्यसमितिको भदौ १६ गते बसेको बैठकले प्रतिनिधसभाको प्रत्यक्षतर्फ भिमसेनदास प्रधान र सबुज कृष्ण बानियाँ गरी २ जनालाई उम्मेदवार सिफारिस गरेको छ । प्रधान उक्त क्षेत्रबाट दुईपटक निर्वाचित भइसकेका छन् । बानियाँ काठमाडौं जिल्ला सभापति हुन् ।

त्यस्तै बैठकले प्रतिनिधसभा समानुपातिकतर्फ गोविन्द परियार र अम्बिका शर्मा लामिछाने सिफारिस भएका छन् । परियार पुरुषतर्फको समानुपातिक उम्मेदवारमा सिफारिस भएका हुन् भने शर्मा महिलातर्फको समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन् । परियार प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख हुन् भने शर्मा व्यावसायी हुन् ।

त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचन तर्फ प्रदेश ‘ख’ को लागि प्रत्यक्षतर्फ हरिहर अधिकारी, विवणुभक्त तिमिल्सिना र राजकुमार डंगोल सिफारिस भएका छन् । प्रदेश समानुपातिकमा श्यामकृष्ण खड्गी र सिता घिमिरेलाई सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १ : ४० बजे