१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धर्मस्थली प्रवेशद्वारको उद्घाटन



२१ भदौ ०७९, तारकेश्वर ।  काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं ६ स्थित जरकुबाट धर्मस्थली बजार जाने बाटोमा धर्मस्थली प्रवेशद्वारको उद्घाटन भएको छ । गत सोमवार तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले उक्त धर्मस्थली प्रवेशद्वारको उद्घाटन गरेका छन् ।

प्रवेशद्वार उद्घाटन कार्यक्रममा उप– नगर प्रमुख सृजना बुर्लाकोटी, धर्मस्थली प्रवेश द्वार समितिका अध्यक्ष सानुबाबु बिंदुकार, पूर्व नगरप्रमुख रामेश्वर बोहरा, वडा नं ६ धर्मस्थलीका वडा अध्यक्ष घनश्याम श्रेष्ठ, बिभिन्न पार्टीका प्रतिनिधिहरु, अनुगमन समितिका प्रतिनिधिहरू, समाजसेवी, बुद्धीजीवि तथा वडाबासीहरूको उपस्थितिमा धर्मस्थली प्रवेशद्वारको उदघाटन सम्पन्न भएको हो ।
प्रवेशद्वार समितिले प्रवेशद्वार निर्माणमा साथ र सहयोगी हातहरू सम्पूर्णलाई धन्यबाद ब्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : २६ बजे