४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका तीनसहित लागुऔषध काराेवार आरोपमा १५ जना पक्राउ



२१ भदौ ०७९, काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो।

विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ। भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए। खनालका अनुसार प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार ४ सय रुपैयाँ छ।

अवैध लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।