१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पशुपतिको बजेट पारित



२३ भदौं ०७९, काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९–८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम्  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैंया बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ । शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ३७ बजे