१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई बालेनको पत्र



२३ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् ।  शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ ।

महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ ।

अन्यथा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।  पत्र काटिएका कार्यालयमा शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ३८ बजे