१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको प्याङगाउंमा ऐतिहासिक नाच तथा सांस्कृतिक कार्यक्रम



कुमारी नृत्य । लेन्स हिमरत्न तिमल्सिना/ललितपुर खबर

हिमरत्न तिमल्सिना
२४ भदौ, २०७९ , चापागाउ । ललितपुरको चापागाउमा प्याङगाउ संस्कृति संरक्षण समाजद्वारा इन्द्रजात्राको अवसरमा प्याङगाउको संस्कृति संरक्षण गर्ने उद्देश्यले ऐतिहासिक सांस्कृतिक सम्पदा नाच तथा बृहत् सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमोद खरेल , निशा देसार , शृजना खत्री , र्यापर डिएनएस लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
गोदावरी नगरपालिका अध्यक्ष गजेन्द्र महर्जनले प्याङगाउ संस्कृति संरक्षण समाजद्वारा प्रत्येक वर्ष विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको बताए । प्याङगाउको संस्कृति संरक्षमा गोदावरी नगरपालिकाको सहयोग रहदै आएको बताए ।
कार्यक्रममा स्थानीय ऐतिहासिक कुमारी नाच , राजारानी नाच , लाखे नाच देखाइएको थियो ।
गायिका शृजना खत्रीले म त डबल माया लाउन साह्रै सिपालु, यस्तो हुन्छ माया , नौटङकि माया लगाएतका गीत गाइन । यसैगरी गायिका निशा देसारले पाउ हजुरको, भन्न त भन्दछन सब लगायतका गीत गायकी थिइन । चर्चित गायक प्रमोद खरेलले चाहिदैन तिमी विनाको सुनैको दरबार , रातो टीका निधारमा , झुमा झुम्का वाली लगाएतका गीत गाएर दर्शकलाइ भरपुर मनोरञ्जन दिए । गाएक खरेलले दर्शकसंगै गीत गाउदै नाचे । यसैगरी र्यापर म्ल्ह् ले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा प्याङ्गाँउको ऐतिहासिक राजा रानीको नाच, लाखे नाचलगायत विभिन्न सास्कृतिक तथा ऐतिहासिक अमूर्त कला प्रर्दशन गरिएको थियो ।

इन्द्रजात्राको पुर्वसन्ध्यामा यहाँ पछिल्लो समय हरेक वर्ष स्थानीय नेता मीनकृष्ण महर्जनको सक्रियतामा साँस्कृतिक कार्यक्रम आयोजना हुँदै आएकोे छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।