१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको झरुवाराशीबाट बेपत्ता वालिका भारतमा फेला




ललितपुर खबर
२५ भदौं ०७९, काठमाडौं । ललितपुरको झरुवाराशीबाट केही दिनअघि हराएकी वालिका आरुबोट बस्ने वर्ष १४ की प्रज्ञा खड्का भारतको मोतिहारीस्थित बलुवामा फेला परेकी छिन् । महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार गोदावरी १३ झरुवाराशीबाट हराएकी वालिका प्रज्ञा खड्कालाई नेपालबाट प्रहरी सहितको टोली भारत पुगेर ल्याएको हो ।
उनी चिनजानका मानिससँगै भारत पुगेको प्रहरीको भनाई छ । उनलार्ई सकुशल नेपाल ल्याई शुक्रबार परिवारलाई जिम्मा लगाइएको  एक प्रहरीले बताए ।
उनलाई खोज्न नेपाल प्रहरीले मोवाइलको सिग्नलबाटको अनुसन्धान गरेको थियो ।
उनी विद्यालयको पोशाकमा कालो झोला बोकेर उनी घरबाट निस्केको पारिवारिक श्रोतले बताएको थियो ।
सामाजिक अभियन्ता वेबी राजभण्डारीले आफूहरु वालिकाको खोजतलासमा निरन्तर लागिरहेकी थिइन् ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।