१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको झरुवाराशीबाट बेपत्ता वालिका भारतमा फेला




ललितपुर खबर
२५ भदौं ०७९, काठमाडौं । ललितपुरको झरुवाराशीबाट केही दिनअघि हराएकी वालिका आरुबोट बस्ने वर्ष १४ की प्रज्ञा खड्का भारतको मोतिहारीस्थित बलुवामा फेला परेकी छिन् । महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार गोदावरी १३ झरुवाराशीबाट हराएकी वालिका प्रज्ञा खड्कालाई नेपालबाट प्रहरी सहितको टोली भारत पुगेर ल्याएको हो ।
उनी चिनजानका मानिससँगै भारत पुगेको प्रहरीको भनाई छ । उनलार्ई सकुशल नेपाल ल्याई शुक्रबार परिवारलाई जिम्मा लगाइएको  एक प्रहरीले बताए ।
उनलाई खोज्न नेपाल प्रहरीले मोवाइलको सिग्नलबाटको अनुसन्धान गरेको थियो ।
उनी विद्यालयको पोशाकमा कालो झोला बोकेर उनी घरबाट निस्केको पारिवारिक श्रोतले बताएको थियो ।
सामाजिक अभियन्ता वेबी राजभण्डारीले आफूहरु वालिकाको खोजतलासमा निरन्तर लागिरहेकी थिइन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : २८ बजे