१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाहुना टोलीलाई भादगाउँले टोपी र सुर्केथैली उपहार



लेन्सः रासस

२६ भदौं ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकालगायत देशका विभिन्न नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाको अवलोकन गरेको छ ।

काठमाडौंका का मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोल, जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र उपमेयर सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ र उपमेयर उमा प्रधान, धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ र उपमेयर नम्रता गौतम, डडेलधुराको अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी र उपमेयर पार्वती झुकाल तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ एवम् प्रशासकीय अधिकृतसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौ आएको भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भादगाउँले टोपी र उपमेयर रजनी जोशीले नगरपालिकाको लोगो अङ्कित परम्परागत खादा तथा महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरेका थिए ।

सम्पदाको अवलोकन पछि मेयर प्रजापतिले भ्रमण टोलीलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशन उपहार स्वरुप दिएका पथिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १ : ३२ बजे