१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको बगुवाबाट बलत्कारको अभियोगमा सुनार पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२७ भदौं ०७९, ललितपुर । दक्षिण ललितपुरको बगुवाबाट बलत्कार (जबरजस्ती करणी)को अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २९ वर्षिया महिलालाई बलत्कार गरेको अभियोगमा मकवानपुर मनोहरी गाउँपालिका ३ मिलडाँडा घर भई हाल ललितपुर बाग्मती गाउँपालिका २ बगुवा बस्ने ३९ वर्षीय राजाराम सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनलाई गतशनिबार पक्राउ गरिएको थियो ।
सुनारले ती महिलालाई शनिबार राति बलत्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानका लागि आइतबार महानगरिय प्रहरी बृत्त चापागाँउ पठाएको प्रहरी श्रोतले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ४३ बजे