२६ भदौ ०७९, काठमाडौं । सिन्धुपाल्चोकको विद्युत् केन्द्रमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
उनी मेलम्ची नगरपालिका १३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त थिए । प्रहरीका अनुसार उपचारका लागि धुलिखेल अस्पतालमा उनलाई लगिएको थियो यही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया