२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर कोन्ज्योसोममा विप्लव नेकपाको १९ सदस्यीय कोन्ज्योसोम गाउँ कमिटी निर्वार्चित




२७ भदौं ०७९, ललितपुर । ललितपुर कोन्ज्योसोममा विप्लव नेतृत्वको नेकपाको नवौं भेला चन्द्र सेक्रेटरी रहने गरि १९ सदस्यीय कोन्ज्योसोम गाउँ कमिटी निर्वाचित भएको छ ।
भेलाबाट भेलालाई आफ्नो महत्वपूर्ण भनाइसहित नेवा मुक्ती मोर्चाका केन्द्रीय उपाध्यक्ष रत्न महर्जन, मजदुर नेता अनुप शर्मा र जिल्ला सदस्य मानबहादुर र कुलमानले निर्वाचित कमिटीको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए ।
जिल्ला सेक्रेटरी ललितले प्रशिक्षण सहित प्यानल प्रस्ताव गरेका थिए । नव निर्वाचित कोन्ज्योसोम गाउँपालिका सेक्रेटरी चन्द्र स्याङ्तानको प्रतिबद्धता मन्तब्य सँगै भेला समापन गरिएको बताइएको छ।
नेपाल कम्युनिष्ट पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनको पुर्वसन्ध्यामा ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँ कमिटीको ९ औं भेलाले नयाँ नेतृत्व चुनेको हो ।
कार्यक्रममा समितिका संयोजक चन्द स्याङ्तान,पार्टी जिल्ला सेक्रेटरी ललित ललितपुर महानगर समिति सेक्रेटरी बज्र, महालक्ष्मी नगर सेक्रेटरी तथा नेवाः मुक्ति मोर्चा केन्द्रिय उपाध्यक्ष रत्न महर्जन , मजदुर संगठनका केन्द्रिय नेता अनुप , जिल्ला सदस्य कुलमान, मान बहादुर लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।