ललितपुर खबर
२७ भदौं ०७९, ललितपुर । ललितपुरमा मात्रै ३ हजार ७९ जना डेंगु संक्रमित भएका छन् । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठका अनुसार काठमाडौंमा १ हजार ७ सय ९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २ सय ५ र धादिङमा १ सय २१ जना डेंगुको संक्रमित पुष्टि भएको छ ।
यस्तै ललितपुरमा थप एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया