१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डेँगु रोग नियन्त्रणका लागि भक्तपुरमा सचेतना ¥याली




२७ भदौ ०७९, भक्तपुर । महामारीको रूपमा फैलिरहेको डेँगी रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना ¥याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना ¥याली निकालिएको हो ।
¥यालीमा स्थानीय स्काउट पदाधिकारी, प्रदेश, स्काउट लिडर, राष्ट्रिय प्रशिक्षक, रोभर, रेन्जरहरूका साथै भक्तपुर नगरभित्रका दुई सय ९० जना स्काउट छात्रछात्राको सहभागिता रहेको थियो ।
¥याली भक्तपुर स्काउट भवनबाट सुरु भएको थियो । ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥याली दरबारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी पुगेको थियो । त्यहाँबाट पुनः सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनःदरबारस्कायरमै विसर्जन भएको थियो ।
¥यालीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गरिएको डेँगी रोगबाट बच्न गर्नुपर्ने उपाय उपचारबारेमा उल्लेखित पर्चा वितरण गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : १६ बजे