१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बल्खुमा गरिएको विशेष चेकिङमा १८ वटा सुमो नियन्त्रणमा 



काठमाडौं, २७ भदौ  ।  काठमाडौंको बल्खुमा आज गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ह्याण्ड ब्रेक नभएका, टायरको अवस्था ठिक नभएका लगायत सवारीको विविध यान्त्रित अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिइएको हो ।

होल्ड गरिएका जीपका यात्रीलाई अन्य सवारी साधनबाट गन्तव्य स्थानतर्फ पठाउन लागि आवश्यक पहल भइरहेको छ । बल्खुबाट देशका विभिन्न स्थानका लागि सुमो जीप छुट्दै आएका छन् ।

यात्रुहरुको सुरक्षालाई मध्यनजर गरेर आज बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।