१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डेङ्गुको प्रकोप रोक्न काठमाडौं महानगरले छुट्टायो वडाहरुलाई बजेट



२८ भदौं ०७९, काठमाडौं । डेङ्गुको प्रकोप रोक्न काठमाडौं महानगरपालिकाले बजेट छुट्टाएको छ । यसलाई न्यूनिकरण गर्न केहि अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको महानगरले वडाको आकार अनुसार बजेट छुट्टाएको हो ।

महानगरका मेयर बालेन्द्र शाह बालेनका अनुसार महानगरले ठूला वडाहरुमा १ लाख रुपैयाँ, मध्यमका लागि ७५ हजार रुपैयाँ र साना वडाहरुमा ५० हजार रुपैयाँका दरमा बजेट छुट्याएको छ ।
तर यो प्रयत्न पनि अपुग भएको बालेनले बताए । ‘किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ,’ उनले भनेका छन् ।
साथै, उनले यो प्रकोपलाई न्यूनिकरण गर्न तीन वटा सुझाव अर्थात आग्रह गरेका छन् ।
जसमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्न उनले आग्रह गरेका छन् । त्यस्तै, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्ने भएकाले सडकमा हिड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिन उनले आग्रह गरेका छन् । उनले पानी जम्मा हुन नदिन पानी जम्मा भएको ठाउँ छ भने त्यसलाई घोप्ट्याइदिन समेत उनको आग्रह छ ।

साथै, डेङ्गुबाट संक्रमण भएकाले स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्न उनले आम मानिसलाई आग्रह गरेका छन् । ‘डेङ्गुको प्रकोप बढ्दो छ, घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन्, जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौं,’ सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् ।

महानगरले हाल सञ्चालन गरिरहेका ७ कार्यक्रमहरु

गत भदौ १३ गतेदेखि सबै क्लिनिक इन्चार्जहरुलाई केन्द्रमा प्रशिक्षण सञ्चालन भएको छ । भदौ १४ गतेबाट वडा वडामा जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेविका, संघ संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिई घरदैलो अभियान चलाइएको छ । जुन हालसम्म जारी छ ।

प्रत्येक विद्यालयमा विद्यालय नर्स र स्वास्थ्यकर्मीबाट विद्यार्थीहरुलाई डेंगीबारे सचेत गराउने कार्यक्रमको थालनी गरिएका छन् । ब्रोसर, ब्यानर छपाई गरी घरदैलो कार्यक्रममा वितरण गरिएको छ । घरदैलो कार्यक्रममा लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान ३२सै वडामा सञ्चालन भइरहेको छ ।

सचेतनामूलक सन्देश बनाई सञ्चार माध्यमहरुबाट प्रसारण गर्न शुरुवात गरिएको छ ।

आरडीटी र्यापिड डाइगोनिष्ट टेष्ट परीक्षण कार्य भदौ २९ गतेदेखि शुरु गरिने छ । शरुमा प्रयोगशाला भएका क्लिनिक जस्तै स् रामघाट, २६ वडा, १९ वडा र ३० वडामा सञ्चालन गरिने महानगरले जानकारी गराएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ४८ बजे