३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीद्वारा डेङ्गु रोकथाम अभियान सञ्चालन



३० भदौं ०७९,काठमाडौं । महामारीको रुपमा फैलिरहेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा रहेको अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीको संगठन विभागद्वारा डेङ्गु विरुद्धको कार्यक्रम गरेका छन्।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य मुना तिवारी, क्याम्पस कमिटी अध्यक्ष गिरिस ठकुन्ना, क्याम्पस सचिव रमेश भण्डारी, क्याम्पस कमिटी सहसचिव बालकृष्ण खड्का र संगठन विभाग प्रमुख किरेन्द सिंहले कार्यक्रम गरेका थिए। उक्त कार्यक्रममा क्याम्पसका विद्यार्थी पनि सहभागी रहेका संगठन विभाग प्रमुख किरेन्द सिंहले बताएका छन्।

विगतदेखि नै स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्दैआएका अनेरास्ववियु शंकरदेव क्याम्पस कमिटीका युवाहरु पछिल्लो समय देशभरी महामारीको रुपमा फैलिएको डेङ्गु रोग र यसको सर्ने माध्यम, लक्षण, रोकथाम र नियन्त्रणका बारेमा जनस्तरमा जानकारी दिने उदेश्यले अभियान थालेको संगठन विभाग प्रमुख किरेन्द सिहले जानकारी दिए । उक्त कार्यक्रमका लागि युवा संघ केन्द्रीय कमिटी सचिवालय सदस्य एवम ललितपुर जिल्ला इन्चार्ज राजु श्रेष्ठले सहयोग गरेका  छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।