१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टुकुचाको सुरुङ राणाकालमै बनेको निष्कर्ष



७ असोज ०७९, काठमाडौं ।  टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् ।

महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले एक अध्ययन समिति बनाएको थियो । पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ । त्यसकै आधारमा समितिले प्रतिवेदन लेखन थालेको छ र दशैंअघि नै प्रतिवेदन पुरातत्व विभागमा पेश गर्ने बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ५६ बजे