१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शताव्दी पुरुष सत्यमोहन जोशी डेंगु संक्रमणपछि अस्पताल भर्ना



फाइल फोटो

८ असोज ०७९, ललितपुर । शताव्दी पुरुष सत्यमोहन जोशी डेंगु रोगका कारण विरामी भएका छन् । पारिवारिक श्रोतका अनुसार उनलाई शुक्रबार ग्वाकोस्थित एक अस्पतालमा एर्मजेन्सी कक्षमा भर्ना गरिएको छ ।
उनको उपचारमा संलग्न डाक्टरहरुले बुधबारभन्दा झन् कमजोर भएको र खान र पिउन समेत छोडेको देखेपछि अस्पताल भर्ना गर्न सल्लाह दिएका हुन् ।
उनलाई डेगीसँगै पिसाव संक्रमण, मुटु तथा छातीको पुरानै समस्या बल्झिएको पाइएको छ । युरोलोजी,कार्डियोलोजी,नेफ्रोलोजी,पल्मोनोलोजीलगायतको परिक्षण गरिएको डाक्टरहरुको भनाई छ । उनलाई डिलक्स क्याविनमा राखेर शुक्ष्म निगरानीमा राखिएको छ ।
उनको अवस्था चिन्ताजनक रहेको छ । प्रा डा.मिलेजंग सिजापतीका अनुसार जोशीको स्वास्थावस्था तत्काल डराइहाल्नु पर्ने अवस्था भने छैन ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ४६ बजे