३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा नेवारी परिकार यमरी प्रतियोगिता




८ असोज ०७९, ललितपुर । ललितपुरमा परम्परागत नेवारी खाना प्रवर्द्धन गर्न यमरी प्रतियोगिता गरिएको छ ।
योमरीको साइज र स्वरूपको आधारमा एकेडेमी अफ कुलिनरी आर्टका विद्यार्थी पहिलो भएका छन् । योमरीको स्वादका आधारमा सिल्भर माउन्टेन कलेज अफ होटल म्यानेजमेन्टले पहिलो भयो ।
प्रतियोगिताको निरीक्षण गरेर अंकभार दिनेमा सेफ एशोसियसन नेपालका अध्यक्ष, श्याम याङ लामा र भिलेज क्याफेकी किचन हेड हरिदेवी श्रेष्ठ थिए ।


युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य–सम्पदा परियोजना अन्तरगत भएको प्रतियोगितामा विभिन्न होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । सहभागी विद्यार्थीहरूले बनाएको योमरीलाई स्वाद, कला, साइज र बनाउने तरिका अनुसार अङ्क प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले परम्परागत नेवारी कला, संस्कृति र खानालाई प्रवर्द्धन गर्न सके अधिकांशले रोजगारी पाउने तर्क गरिन् । उपमेयर शाक्यले भनिन्, ‘ललितपुरका सम्पदा बस्तीका प्रत्येक घर र टोल सीप एवं कौशलले भरिपूर्ण रहेको र त्यसको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने जिम्मेवारीलाई मैले गम्भीरतापूर्वक लिएको छु।’
युएन ह्याबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीलाई पर्यटनसँग जोड्न सके मात्र स्थानीयको आर्थिक विकास हुने बताएकी छिन् ।
पर्य–सम्पदा परियोजना अन्तरगत बुङ्गमतिको काष्ठकला, होमस्टेसँगै परम्परागत खाना प्रवर्द्धनका लागि विभिन्न क्रियाकलाप भएको उनले स्मरण गरिन् । नेवारी खाना सांस्कृतिक हिसाबले मात्रै नभई वैज्ञानिक हिसाबले पनि महत्वपूर्ण भएकाले यसलाई एउटा बस्ती, समाजमा मात्रै सीमित राख्न नहुनेमा उनको जोड छ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशीले सामाजिक एवं सांस्कृतिक परिवर्तनले गर्दा आफ्नै खाना नचिन्ने अवस्था आइसकेकाले त्यसको जगेर्ना गर्न नै चुनौतिपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।