१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुरानो बसपार्कका मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु




७ असोज ०७९, काठमाडौं । काठमाडौंको पुरानो वसपार्कमा मोटरसाइकल दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ पुरानो बसपार्कस्थित सडकमा बागमती प्रदेश–०२– ०२८ प ७००२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका २९ पुतलीसडक घर भएका ६७ वर्षीय शुधन कुमार तन्डुकारको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर सुन्धारा हुँदै ग्राण्डी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : १९ बजे