१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक



८ असोज ०७९, काठमाडौं ।  आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो ।

यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ ।

फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ३२ बजे