१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा नेवाः पत्रकार दबूको अध्यक्षमा मञ्जु बज्राचार्य




९ असोज ०७९, ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छिन् । शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा बज्राचार्य निर्वाचित भएकी हुन् ।
कार्यसमितिको उपाध्यक्षद्वयमा लक्ष्मीकुमारी श्रेष्ठ, सुनिता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन् । कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ र पवित्रकुमार महर्जनलगायत छन् ।
केन्द्रीय सभासदमा सुविनकुमार श्रेष्ठ, विश्वन्तर शाक्य, विकास माली, अनुप महर्जन र सागर महर्जन चयन भएको छन् । निर्वाचित हुनेलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरे ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : ४० बजे