१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डिल्लीबजार हुलाक कार्यालयबाट गाँजा बरामद



९ असोज ०७९, काठमाडौं । प्रहरीले लागुऔषध कारोबारमा संलग्न छ जनालाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण व्यूरोले आज पत्रकार सम्मेलन गर्दै भदौ २१ देखि २६ गते सम्म चलाएको विशेष अप्रेसनमा विभिन्न लागुऔषधसहित त्यसको कारोबारमा संलग्न छ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा इलामका सन्तोष तामाङ, संजीव राई र सुजन हेल्मु , काभ्रेका अर्जुन ढकाल, बाराका अजय महतो र रामबहादुर तिमिल्सिना रहेका छन् । उनीहरुको साथवाट ३१ लाख ५ हजार ८ सय दश रुपैया बराबरको लागू औषध बरामद भएको छ ।

एक साताको अवधिमा ५० दशमल ५ ग्राम खैरो हिरोइन, नियन्त्रित लागुऔषध एम्पुल १२ हजार ७ सय ५८ वटा, लागुऔषध गाँजा १ किलो ३ सय ३० ग्राम बरामद गरेको जनाएको छ ।

सो लागुऔषध कारोबारमा संलग्न गरिएका दुईवटा सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले लागुऔषध कारोबारीले प्रयोग गर्ने यात्रुवहाक बस र बलेरो जीप नियन्त्रणमा लिएको हो । प्रहरीले डिल्लीबजारस्थित हुलाकको कार्यालयबाट समेत गाँजा बरामद गरेको छ । अमेरिकाबाट आएको पार्सलमा १ किलो ३ सय ३० ग्राम गाँजा बरामद भएको हो । पार्सलका आधारमा प्रहरीले मनोज राईलाई पक्राउ समेत गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ०० बजे