१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको झरुवाराशीमा आयुर्वेद अस्पताल निर्माण हुने



ललितपुर खबर
१० असोज ०७९, ललितपुर । ललितपुरको झरुवाराशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद अस्पताल निर्माण गर्ने भएको छ ।
भवनको अभावमा हाल ललितपुर सातदोवाटोनजिकै ताल्छिखेलमा कार्यालय तथा आयुर्वेद अस्पताल सञ्चालन रहेकोमा गोदावरी नगरपालिकाले जग्गा सिफारिस गरेसँगै अस्पताल र जिल्ला आयुर्वेद केन्द्रको प्रशासनिक भवन निर्माण प्रकृया सुरु भएको हो ।
जिल्ला आयुर्वेद केन्द्रकी प्रमुख डाक्टर श्रृष्टि श्रेष्ठले नगरपालिकाले सिफारिस गरेसँगै मालपोत कार्यालय ललितपुरमा कागजात पेस गरिएको बताइन् । उनका अनुसार मालपोतको काम सकिरुपछि जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्री परिषदबाट निर्णय गराई भवन जिल्ला आयुर्वेद केन्द्रको स्वामित्वमा आउनेछ ।

९ रोपनी ५ आना क्षेत्रफल रहेको जग्गा गोदावरी नगरपालिका १३को वडा कार्यालय नजिकै रहेको छ ।
भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट समेत विनियोजन भइसकेको छ । उनले भनिन्, ‘बहुबषिय योजनाका लागि ४ करोड बजेट छुट्याइएको छ ।’
२०५६ सालमा स्थापना भएको जिल्ला आयुर्वेद केन्द्रसँग्र ललितपुरको ५१ ठाँउमा आर्युर्वेद औषधालय सञ्चालनमा छन् ।
पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा सर्वसाधारणहरुको आर्कषण बढेको छ । कोरोना संक्रमणका बेला आयुर्वेद औषधिको प्रयोगले रोगसँग लड्ने क्षमता बढाउन धेरै नेपालीले आर्यर्वेद औषधिको प्रयोग गरेका थिए ।
डाक्टर श्रेष्ठले आयुर्वेद औषधिसँगै उपचार र रोगको पत्ता लगाउन आधुनिक जाँच प्रणाली नै अवलम्बन गरिने बताइन् । उनले भनिन्,‘जनमानसमा आयुर्वेद उपचार प्रणा ली भन्नासाथ पुरातन औषधोपचार प्रणाली भन्ने सम्झने गरेको पाइएको छ । हामी आधुनिक प्रणालीलाई समेत अंगालेर उपचार गछौं । यो उपचार बैज्ञानिक छ ।’

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ०९ बजे