१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर र भक्तपुरका दुई घरबाट चोरियो साढे ८ लाख



११ असोज ०७९, ललितपुर ।  ललितपुर र भक्तपुरमा गरी नगद र धनमाल गरी साढे ८ लाखभन्दा बढी चोरी भएको छ । प्रहरीका अनुसार ललितपुरको गोदावारी नगरपालिका–३ टोखेलस्थित जोगेन्द्र मेहेताको डेरा कोठाको ताला फोडेर सुनचाँदीका विभिन्न गहना चोरी गरिएको हो। सुनसरी घर भएका ५४ वर्षीय उनको कोठाबाट ७ लाख १८ हजार रुपैयाँ बराबरको गहना चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै भक्तपुर पनि एक घरबाट नगद र सुन चोरी भएको छ। प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट बंगलामुखीस्थित वीरसिं राईको घरबाट १ लाख २५ हजार रुपैयाँ र सुनको औंठी गरी झन्डै १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ४० बजे