१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा म्यादी प्रहरीको परिक्षा आज




१२ असोज ०७९, ललितपुर । ललितपुरमा १ हजार २ सय ४९ जना म्यादी प्रहरी उतिर्ण भएसँगै म्यादी प्रहरीको परिक्षा आज हुँदैछ ।
प्रहरी परिसर ललितपुरले मंगलबार म्यादी प्रहरीमा छनौट उम्मेदवारहरुको नामावली प्रकाशित गरेको हो । उनीहरु प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारिरीक तन्दुरुस्ती परिक्षामा सहभागी भई उतिर्ण भएका भएका हुन् ।
आज विहान उनीहरु जावलाखेल फुटवल चौरमा लिखित परिक्षा दिदै छन् । उनीहरुलाई सक्कल नागरिता,प्रवेश पत्र कालो कलम र क्लिप बोर्डसहित उपस्थित हुन अनुरोध गरेको छ ।
उनीहरुको गत आइतबार र सोमबार प्रहरीले स्वास्थ्य परिक्षण र शारिरीक तन्दुरुस्तीको परिक्षा लिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : १६ बजे