१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका मेयर बालेन भन्छन्, ‘फुटपाथको व्यापार सधैलाई निषेध गरिन्छ’




१३ असोज ०७९, काठमाडौं । काठमाडौंमा मेयर बालेन शाहले काठमाडौंमा हुँदै आएको फुटपाथको व्यापार सधैलाई निषेध गरिने बताएका छन् । विज्ञप्ती प्रकाशन गरेर मेयर शाहले फुटपाथ पैदल यात्रीको पहिलो अधिकार रहेको र चाडपर्वको बेला फुटपाथको झन् जरुरी पर्ने बताएका छन् ।
महानगरले सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका बताएको छ ।
आर्थिक बर्ष २०७९÷०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ र फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको महानगरको भनाई छ ।
अन्य समयभन्दा चाडपर्वको बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने, पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी रहेको र सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय भएको विञप्तीमा उल्येख छ
सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने विज्ञप्तीमा उल्येख छ ।
फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ५४ बजे