११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार




१४ असोज ०७९, काठमाडौं । काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका ६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२-०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो ।
बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । मोटरसाइकलको पछाडि बसेका एकजना घाइतेको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १० : १८ बजे