१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप, बिहान ३ बजेदेखि नै ट्राफिक खटिए



१५ असोज ०७९, काठमाडौं । नेपाली हरुको महानपर्व बडा दशैँ मनाउन घर फर्कनेहरुको भिड बढेसँगै आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप बढेको छ ।उपत्यकाको जडीबुटी, कोटेश्वर, कलङ्कीलगायतका ठाउँमा अहिले गाडी जाममा रहेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी क्षेत्रबाट विशेष गरी पूर्वका इलाम, झापा, धरान, जनकपुर, सर्लाही, सिरहा तथा पश्चिम क्षेत्रका बाँके, बर्दिया, दाङ, गुल्मी, पाल्पालगायतका जिल्लामा जानेको सङ्ख्या धेरै छ।

भिडलाई सहज बनाउन आज बिहान ३ बजेदेखि नै उपत्यकाका विभिन्न ठाउँमा एक हजार जना ट्राफिक प्रहरी खटिएका कार्यालयले जनाएको छ । हिजो शुक्रबार डेढ लाख जनाले काठमाण्डौ उपत्यका छोडेका थिए भने आज सो भन्दा बढी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ५८ बजे