१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलाम्ची खानेपानी आयोजनाको मुहान सुन्दरीजलवासीले नै पाएनन् खानेपानी



मेलाम्ची खानेपानी आयोजना । फाइल तस्विर

२० असार ०७९, काठमाडौं । बडादसैँको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौँ उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने मेलाम्ची खानेपानी आयोजनाको मुहान सुन्दरीजलवासी नै हैरान भएका छन् ।
महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दसैँका दिनमै दुःख पाएको स्थानीय उपभोक्ताले गुनासो गरे । त्यसअघि नियमितजसो पानी आएको सुनाउदै स्थानीय रमिला पुडासैनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लापरबाहीका कारण कहिले नियमित पानी आउने र कहिले हप्तौँ नआउने गरेको बताउछन् ।
विसं २०२३ बनेको वाग्मतीको पानी प्रशोधन केन्द्रबाट वर्षाका समयमा दैनिक १५ करोड लिटरसम्म पानी सुन्दरीजलबाट राजधानीका अन्य स्थानमा वितरण हुने गरेको छ । तर यहीँका स्थानीयवासीले पानी नपाएर पुराना धारा, कुवामा पानी खोज्न टाढा टाढासम्म पुग्नुपरेको गुनासो गर्छन् । लिमिटेडले दुई दिन बिराएर पानी दिने तालिका बनाएको दाबी गर्ने गरे पनि मुहान क्षेत्रमै तालिकाअनुसार पानी दिन सकेको छैन । मुहान क्षेत्रकै जनताले पानी नपाएपछि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिले यहाँको स्रोतबाट यहीँ पानी नपुगी अन्त लैजान नदिने भनी पटकपटक भाषण गरे पनि कार्यान्वयन नभएको स्थानीयवासी बुद्ध लामा गुनासो गर्छन् ।
नगरपालिकाकै धेरै वडामा अहिले पानी नआउने समस्या छ । नगरपालिकाका प्रवक्ता नारायण सुवेदी भने स्थानीय स्रोतको पानीको पहिलो प्राथमिकता नगरवासीलाई दिनुपर्छ भनी कार्यान्वयनमा लागिएको बताउछन् ।
मेलम्चीको पानी पनि २६.५ किमी सुरुङ पार गरेर सुन्दरीजलकै प्रशोधन केन्द्रमा प्रशोधन गरेर काठमाडौँ उपत्यकामा वितरण गरिन्छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने तयारी भएको छ । वर्षाअघि आएको दैनिक १७ करोड लिटर पानी वर्षा रोकिएसँगै फेरि ल्याइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।