११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको दश क्षेत्रमा दिए २६५ जनाले उम्मेदवारी 



ललितपुर क्षेत्र नं. ३मा उम्मेदवारी दिदै नेता अमृत खड्का ।

२५ असोज ०७९, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।

काठमाडौं क्षेत्र नं.१ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.२ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं.३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, काठमाडौं क्षेत्र नं.५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं.८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी काठमाडौं क्षेत्र नं.९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नं.१० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ०३ बजे