११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोलमा मृत भेटिइन् चिकित्सक



२६ असोज ०७९,  ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा चिकित्सक मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौंको सिभिल अस्पतालमा कार्यरत २८ वर्षीया सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।

जनकपुर घर भएकी डाक्टर पाठकको शव पोष्टमार्टमका लागि पाटन अस्पतलामा पठाइएको छ । डेरामा ढोका बन्द गरेको अवस्थामा उनी मृत फेला परेकी हुन् । आमासँग बस्दै आएकी डा.पाठकले एक्लै भएको बेला आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाबारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १ : ३२ बजे