११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरिमा ५ हजार लिटर अखाद्य मदिरा नष्ट



फाइल तस्बिर

४ कात्तिक ०७९, काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-८ मा प्रहरीको ‘स्वाइप अपरेसन’मा अवैध घरलु मदिरा नष्ट गरिएको छ।

प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बुकाे संयुक्त टाेलीले बिहीबार ‘स्वाइप अपरेसन’ गरी अवैध घरलु ५ हजार लिटर रक्सी नष्ट गरेको हो।

काठमाडौं प्रहरी परिसर टेकुका अनुसार करिब ५ हजार अखाद्य र गुणस्तरहीन मदिरा बरामद गरिएको जनाएको छ।

प्रहरी प्रभाग बलम्बुकाे प्रहरी प्रमुख प्रहरी निरीक्षक सुभद्रा लामा वाइवा र प्रहरी वृत्तका थानकोटका प्रहरी निरीक्षक लिला आचार्यकाे टाेलीले अवैध मदिरा नियन्त्रणमा लिएकाे काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : २६ बजे