११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको ३ ठाँउमा दिपावलीको राती आगलागी, लाखौंको क्षति




९ कात्तिक ०७९, काठमाडौं । दिपावलीको राती काठमाडौंको तारकेश्वरदक्षिण काली र कागेश्वरीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
प्र्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ्ग हाईट गणेश मन्दिर नजिक संखुवासभा खाँदबारी नगरपालिका ८ घर भई सोही नगरपालिका ४ लोलाङ फाँट बस्ने ३३ वर्षीय सबिन कार्कीले संचालन गरेको ब्याम्बो नियासा सुज प्रालिमा सोमबार साँझ आगलागी भई उक्त आगो फैलिएर सोही प्रालिसँगै रहेको गोर्खाली फुडल्याण्ड एण्ड रेष्टुरेण्ट र मोटरसाईकल वर्कसपमा समेत आगलागी भएको छ । उक्त प्रालिमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु लगायत अन्य प्रहरी ईकाईहरुबाट खटिएको प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, पानी ट्याङकर र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । हाल क्षतिको विवरण खुलेको छैन ।
यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका ६ कोछुटोलस्थित अशोक कर्माचार्यको फर्निचरमा सोमबार राति आगलागी हुँदा फर्निचर मेसिन र काठपात जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ भोर्लेटारस्थित टोखा नगरपालिका. ३ बस्ने ४४ वर्षीय किरण प्रधानले संचालन गरेको बोइलर कुखुरा पाल्ने फर्ममा चल्ला तातो पार्न बाल्ने भुषाबाट मंगलबार बिहान आगलागी हुँदा २ हजार २ सय बोईलर कुखुराको चल्ला र टहरा पूर्णरुपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ३२ बजे