११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की उम्मेदवार तोसिमा निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने




ललितपुर खबर
१२ असोज ०७९, ललितपुर । ललितपुर ३ बाट प्रतिनिधि सभाका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेजको निर्णय विरुद्ध अदातल जाने भएकी छिन् ।

उनले उम्मेदवारी मनोनयनको २५ दिन अगाडी नै गत भदौं २८ गते नै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको बताएकी छिन् । तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ नदिई अहिले आएर यसै विषयलाई आधार बनाएर उम्मेदवारी खारेज गरेको भन्दै उदालत जाने बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै कानुनमा जरुरी नभएको तथा ४ हजार सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ति मतहरुलाई घात नगर्न नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने निष्कर्षमा पुगेर राजिनामा नदिई उम्मेदवारी दिएको बताएकी छिन् ।

हेर्नुस् पत्र

समय सकिए पछि आएको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेका विषयमा आयोगले गरेको निर्षयमा उनको असन्तुष्टि छ । उनले निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दै स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद रहेको उनको भनाई छ ।
उनले ललितपुर ३ मा आफ्नो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि उम्मेदवारी खारेजको निर्णय भएको उनले बताएकी छिन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ३९ बजे