११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुर ठिमी र बसन्तपुरमा एक एक जना मृत फेला




१५ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको वसन्तपुर र भक्तपुरको मध्यपुर ठिमीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं काठमाडौं महानगरपालिका २४ बसन्तपुरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
साथै भक्तपुर मध्यपुरठिमी नगरपालिका ४ नयाँठिमी जनआदर्श क्याम्पस नजिक डेरा गरी बस्ने दोलखा जिरी नगरपालिका ३ घर भएकी ६० वर्षीया तारा भुजेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २६ बजे