११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लाजिम्पाटमा बसको झ्यालबाट टाउको बाहिर निकाल्ने बालकको मृत्यु



१७ कात्तिक ०७९, काठमाडौं । लाजिम्पाटमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ। दिउँसो साढे ३ बजे बा१क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो।

आयुष्मानले बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए। सोही क्रममा उनको टाउको सडक किनारमा रहेको रुखमा ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको हो।

बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यस्तै काठमाडौंको कोटेश्‍वरस्थित भाटभटेनी नजिकै बुधबार साँझ मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्। बागमती प्रदेश०२०१६प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।

सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ३९ बजे